फिलिप्पी 4:19 - Inspiration || Nepali Christian Devotion


 मेरा परमेश्‍वरले आफ्‍नो महिमामा उहाँको सम्‍पत्ति अनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ।

फिलिप्पी 4:19 

सबै कुराले प्रसस्त भएर कुनै खाँचो नभएको मानिस विरलै होला। मानिसको विभिन्न खाँचोहरू पुरागर्न धेरै मेहनत तथा प्रयास गरीरहेको हुन्छ । हाम्रो खाँचोहरु आर्थिक , सामाजीक, मानसिक तथा आत्मिक विभिन्न हुन सक्छौं । जब सम्म हाम्रो खाँचोहरू पुराहुँदेनन् हामी अपूर्ण र तृषित रहन्छौं। मानिसको सबै खाँचोहरू आफ्नै प्रयास र मेहनतले मात्र नमेटिन पनि सक्छ। किनभने मानिस सवैकुरामा सम्पन्न हुँदैन। अर्को शब्दमा भन्ने हो भने मानिसलाई एक अर्काको आवश्यकता पर्दछ । तर सबै मानिसको आफ्नै खोचो, कम्जोरी तथा घटिकमी हुने भएकोले मानिसको खाँचो एक अर्काको साथ बाट पनि पूर्ण रुपमा पुराहुन सक्दैन। तर परमेश्वरको साथ लग्यो भने मानिसले आफ्नो जीवनको श्रोत फेला पार्दछ किनभने उहाँमा हामीमा जस्तो कम्जोरी र घटि कमि छैनन् । उहाँ सम्पूर्ण रुपले सम्पन्न र हामी मानिसको सबै खाँचो पूरा गर्ने हैसियत राख्ने हुनुहुन्छ।  हामी सवै जना परमेश्वरको चरणमा गएर हाम्रा सबै खाँचोहरु पुरा गरौं। येशू ख्रीष्टद्वारा हामी हाम्रो जीवनको सबै आशिषको श्रोत परमेश्वर कहाँ जान सक्छौं ।