कर उठाउनेहरु - मानिसबाट घृणित तर येशूले प्रेम गर्नु भएको जमात - Tax collactors in the Bible || Nepali Christian Magazine

 कर उठाउनेहरु - मानिसबाट घृणित तर येशूले प्रेम गर्नु भएको जमात


भन्सार तथा कर उठाउने ठाउँमा काम गर्ने अवसर प्राप्त गर्नु भनेको भाग्य खुल्नु होजस्तै ठान्छन् नेपाली मानिसहरु। तर नेपाली समाजमा कर कार्यालय भन्सार विभाग का कर्मचारीहरू घुस लिन्छन भन्ने मान्यता कायम छ र त्यस्तै धारणा लिई बाइबलमा पनि कर उठाउनेहरुलाई पापी र समाजका कलंकको रूपममा हेर्ने गरेको पाइन्छ। बाइबलको समयमा कर उठाउने मानिसहरु प्रतिको वितृष्णा यति ठूलो थियो कि आफूलाई धर्मी ठान्ने मानिसहरुले उनीहरू संग संगत पनि गर्दैन थिए। त्यसैले धार्मिक अगुवाहरूले येशूलाई लगाएको दोष मध्ये एउटा कर उठाउनेहरु संग बसेर खाना खानु पनि हो (लूका 5:27-31)। बाइबलमा किन त कर उठाउनेहरु प्रतिको यति ठूलो घृणा? यस लेखमा एस बारे छोटो चर्चा गर्ने छौं।

नयाँ करारको समयमा इस्राएल रोमी साम्राज्यको अधिनमा थियो। त्यस ताका रोमी सरकारले आफ्नो अधिकार भित्र भएका प्रान्तहरूबाट कर असुल्ने गर्थे। रोमीहरूले कर व्यक्ति पिछे लगाउँथे (14 वर्ष माथि को पुरुष तथा 12 वर्ष माथिको महिला), भने सम्पत्ति, व्यवसाय आदि धेरै शिर्षकमा करहरू उठाउने गरिन्थ्यो। यसरी कर उठाउन रोमी सरकार आफैले कर कार्यालय नखोलि विभिन्न व्यापारीहरूलाई जिम्मा दिएको थियो। यि व्यापारीहरूले लेखन्दासहरू अर्थात कर उठाउने एजेन्टहरू खटाएर करहरू उठाउने गर्थे। यि कर उठाउने एजेन्टहरुले कानुनि रुपमा तिर्नुपर्ने भन्दा पनि बढी कर उठाएर वढि कर आफैले राख्ने गर्थे। रोमी सरकारले कर कति सम्म मात्र उठाउन पाउने भनि निश्चित नतोकेको कारण कर उठाउने एजेन्टहरूले मानिसहरुलाई धेरै दुःख दिने गरी नै कर तोक्दथे। यस प्रकारले कर उठाउने मानिस समाजमा अप्रिय र घृणाको पात्र बनेका थिए। किन भने उनिहरूले कर उठाएर रोमी सरकारलाई बुझाउँथे।

त्यसै पनि यहुदीहरु मुर्ति पुजक रोमी सरकारको अधिनमा रहनु परेको मा खुशि थिएनन् त्यस माथि पनि उनिहरुलाई कर तिर्नु भनेको पाप जस्तै ठान्दथे। त्यसैले येशू ख्रीष्टलाई जाच्ने बेला यहुदी अगुवाहरुले कैसर (रोमी सम्राटलाई) कर तिर्न हुन्छ या हुँदैन भनेर प्रश्न गरेका थिए (मत्ती 22:17 )। यो प्रश्नको जवाफ “हुन्छ” दिएको खण्डमा येहुदी मानिसहरु येशूसँग रुष्ट हुने सम्भावना थियो किन भनें येहुदीहरू परमेश्वरलाई मात्र कर तिर्नु पर्ने धारणा थियो। यसरी कर उठाउने एजेन्ट प्राय रोमी व्यक्ति नै हुन्थे भने कतिपय यहुदी हरुले पनि यस्तो काम पाएको देखिन्छ उदाहरणको लागि जखैयस र मत्ती लाई लिन सकिन्छ। यस्ता यहुदी कर उठाउने एजेन्टहरू येहुदी हरुको सवैभन्दा घृणाको पात्र भएका थिए। कर उठाउने मानिस भन्नु र पापी भन्नु एउटै अर्थ जस्तो थियो त्यसैले येशूले पनि पापिहरूको कुरा गर्दा महशुल उठाउनेहरू भन्नु भयो । मत्ती 5:46 किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसूल उठाउनेहरूले पनि त्‍यसै गर्दैनन्‌ र?

करउठाउनेहरूले पाप गरेका छन भन्ने येशूलाई थाहा थियो। त्यसो त येशूलाई आफैलाई धर्मि घोषणा गरेका फारसीहरु पनि पापी छन् भन्ने उहालाई थाहा थियो (मत्ति 21:31)। येशूले पापीहरू हुन भनेर कर उठाउनेहरुलाई घृणाको दृष्टिले हेर्नु भएन तर आफुमा भएको पाप क्षमाको दृष्टिले हेर्नुभयो र उनीहरूलाई स्विकार गर्न भयो। पश्चातापी करउठाउने हरुलाई येशूले आफ्नो चेला बनाउनु भयो जुनकुरा येशूको जखैयस र मत्तीसँग को सम्बन्ध बाट थाहा हुन्छ। त्यसैले होला घृणित करउठाउने हरुसँग उठवस गरेको देखेर येहुदी हरुले प्रश्न गर्दा येशूले भन्नु भयो

जब फरिसीहरूले त्‍यो देखे, तब उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्‍छन्‌?” यो सुनेर उहाँले भन्‍नुभयो, “निरोगीहरूलाई वैद्यको आवश्‍यकता हुँदैन, तर रोगीहरूलाई हुन्‍छ। मत्ती 9:11‭-‬12

हामी पनि कर उठाउनेहरु जस्तै पापी नै छौं तर खुसीको कुरा यो छ कि पश्चातपि पापीलाई येशूमा अनन्त जीवन छ।