फल्दो फुल्दो बन्दै जाऔं Lets keep bearing fruits || Nepali Christian Devotion

  फल्दो फुल्दो बन्दै जाऔं Lets keep bearing fruits



हामी विश्वासी आत्मिकी फल फलाउँदै अघि बढ्नु परमेश्वरको योजना र चाहना हो भने हाम्रो जीवनमा परमेश्वरले फलाउन चाहनु भएको फल के हुन भनि बुझ्नु अति आवश्यक छ । जब हामीले ति फलहरूको पहिचान गर्दछौं तब मात्र हाम्रो आत्मिक जीवन सार्थक भए नभएको थाहा पाउन सक्छौं। हाम्रो फल कुनै एक प्रकारको मात्र नभई बहु गुणले भरिएको हुनुपर्छ।

1. परमेश्वरका गुणहरूले भरिपूर्ण

2. असल काममा अग्रसर

3. अनुग्रह र प्रेमले भरिपूर्ण सेवा

4. उदाहरणीय जीवन शैलि

5. सत्य र न्यायको पक्षधर

6. सुसमाचारको बाहक

खिष्टमा परमेश्वरले हामी यस्तै गुणहरूले भरिपूर्ण जीवन देख्न चाहनुहुन्छ। यि सबै गुणले भरिपूर्ण फलहरू तत्कालै हामीमा नभए पनि यदि हाम्रो जीवन यस प्रकारको शैलिमा परिणत भइरहेको ६ भनें हामी उत्साहित हुँदै अझ पूर्ण रुपमा परमेश्वरको फल फलाउन प्रयासरत बनौं । हामीले यो जानि राख्नु पर्दछ कि परमेश्वरको साथ र सहयोग विना आफ्नै वल र तागतमा मात्र यस्ता फलहरू फलाउन सक्दैनौं । परमेश्वरको काम हामी मा र हामी भित्र निरन्तर भइरहनु पर्दछ ।

अध्ययन गरौं

यूहन्‍ना 15:5‭-‬8

“दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्‍यसमा रहें भने, त्‍यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्‍दैनौ। कोही मानिस ममा रहेन भने, त्‍यो हाँगाझैँ बाहिर मिल्‍काइन्‍छ, र त्‍यो सुकिहाल्‍छ। यस्‍ता हाँगाहरू मानिसहरूले बटुल्‍छन्, र आगोमा फालिदिन्‍छन्, र ती जलिहाल्‍छन्‌। तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्‍छा लाग्‍छ माग, र त्‍यो तिमीहरूका निम्‍ति गरिनेछ। तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्‍ने प्रमाणित गर्‍यौ भने यसैमा मेरा पिताको महिमा हुनेछ।

मनन गरौं

हाम्रो जीवनमा परमेश्वरले के कस्तो काम गरी रहनु भएको छ ? हामीबाट के हटाउँदै हुनुहुन्छ र के थप्दै हुनुहुन्छ ?

आजसम्म हामी ख्रीष्टको चेलाभएर के कस्तो फलहरू फलाउन सक्छम भएका छौं ?

अव कस्तो गुणले भरिएको फलहरू फलाउन बाँकी छ ?

प्रार्थना गरौं

प्रभु मैले मेरो जीवनलाई फलदायि बनाउन तपाइले गरिरहनु भएको काम देख्न सकुँ । मेरो जीवनलाई अझ फलदायी बनाउन मलाई चलाउनुहोस । मलाई तपाइमा अझ बढदै जान उत्साहित बनाउनुहोस