सहि निर्णय लिऔं – Make Right decisions
हामीले हाम्रो जीवनमा लिइने निर्णयहरूले नै हाम्रो जीवन परमेश्वरको योजना र इच्छा अनुसार सफल र फलदायी छ या छैन भन्ने तय गर्दछ। अर्को अर्थमा जीवनलाई फलदायी तथा सफल बनाउनु भनेको सहि निणर्यहरु गर्न सक्नु हो। जसरी असल निणर्यले जीवनलाई सार्थक बनाउँछ त्यसरी नै गतल निर्णयहरूले जीवनलाई परमेश्वरबाट टाढा र अनन्तको बिनास तर्फ लैजान्छ। त्यसैले जीवन लाई सहि र फलदायी बनाउन हामीले असल र खराबीको पहिचान गर्ने तथा खराबलाई इन्कार गरी सहिलाई अपनाउने खुबी राख्नु पर्दछ । यो खुबी मानिसमा भएको पाप तथा कम्जोरीले निस्कृय जस्तै हुन्छ तर परमेश्वरमा विशेष गरी पवित्र आत्माको अगुवाई हामीले बुद्धि र शक्ति प्राप्त गर्न सक्छौं र परमेश्वरले हामीलाई सफलता तर्फ डोर्याउनु हुन्छ ।
अध्ययन गरौं
व्यवस्था 30:19-20
आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष् र श्राप राखेको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका बालबच्चाहरू जिउन सक, र परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्दै, उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो। किनकि परमप्रभु नै तिमीहरूको जीवन हुनुहुन्छ, र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित उहाँले दिन्छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई दीर्घायु बनाउनुहुनेछ।
हितोपदेश 3:5-6
आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ।
मनन गरौं
आज हामीले के के कुरामा निर्णय लिंदैछौं ?
के हामीले लिने निर्णयहरुले हाम्रो जिवनमा परमेश्वरको इच्छा र योजना पुरा गर्ने छन् ?
जीवनमा हामीले तय गर्ने बाटोहरु के असल र के खराब हो भन्नेमा स्पष्ट हुनुहुन्छ ?
के आफ्नो जीवनलाई बुझ्न परमेश्वरको सहायता लिनु भएको छ ?
प्रार्थना गरौं
प्रभु मेरो जीवनमा सहि र खराबको ज्ञान दिनुहोस् र जे असल छ सो निर्णय गर्न र त्यसमा अडिग हुन मलाई सहायता गर्नुहोस् ताकि मेरो जीवन फलदायी भएको होस् र ममा तपाईंको योजना पुराभएको हुन
