परमेश्वरको काम परमेश्वरको तरिका God's Work God’s Way || Devotion in Nepali

 परमेश्वरको काम परमेश्वरको तरिका God's Work God’s Way


मानिस परमेश्वरको उद्देश्य र योजना पुरा गर्नको लागि बनाइएको हो । हामीलाई परमेश्वरको जिम्मेवारी पुरा गर्नु नै हाम्रो सफलता हुन्छ । परमेश्वरको योजनाहरू हाम्रै बल तागत तथा तरिकाले पुरा गर्न सकिंदैन । हाम्रो जीवनमा परमेश्वरका योजनाहरू त्यस वेला सफल हुन्छन् जव परमेश्वरकै अगुवाई , सहायता तथा शक्तिमा हामीले ति जिम्मेवारीहरू पुरा गर्दछौ । त्यसैले परमेश्वरको योजना पुरागर्नु भनेको मेहनत गर्नु मात्र होइन तर परमेश्वरको सहायता तथा अगुवाईको पहिचान गरेर सहभागि हुनु हो। परमेश्वरले हामीलाई जिम्मेवारी दिन भनेको हामीलाई काम दिनु नभई परमेश्वरको काममा हामीलाई सहभागि गराउनु हो। त्यसैले परमेश्वरको काममा परमेश्वर कै निर्देशन, र अगुवाई मा सहभागि हुन सकिन्छ। परमेश्वरले कुनै पनि जिम्मेवारी हामीले पुरागर्न सक्छ या सक्देन भनेर जाँच्नलाई नदिई सो जिम्मेवारी पुरा गर्न स्वयं हाम्रो सहायता र बल बन्नुहुन्छ। हामीले हाम्रो तागतमा परमेश्वरले दिनुभएको जिम्मेवारी पुरा गर्ने आँट गरेका छौ भनें त्यो हाम्रो निम्ती बोझ हुन सक्छ तर परमेश्वरको सहायता र अगुवाई पछ्‌याएका छौं भनें सो एक आनन्द र रमाहटको काम हुन्छ ।

अध्ययन गरौं

प्रस्‍थान 31:1‭-‬3 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, मैले यहूदाका कुलको हूरको नाति, ऊरीको छोरो बजलेललाई चुनेको छु। मैले त्‍यसलाई परमेश्‍वरका आत्‍माले, र सीप, दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले परिपूर्ण पारेको छु।‬‬

एफिसी 1:9 किनकि सम्‍पूर्ण बुद्धि र आन्‍तरिक समझमा ख्रीष्‍टमा राख्‍नुभएको उद्देश्‍यअनुसार उहाँले आफ्‍नो इच्‍छाको रहस्‍य हामीलाई जान्‍न दिनुभएको छ,

मनन गरौं

परमेश्वरको काम हामी हाम्रै तागत तथा तरीकाले पुरागर्ने प्रयास गरेर कतै हामी असफल भइ रहेको त छैनौं?

आज परमेश्वरले हामीमा राख्नुभएको उद्देश्य पुरागर्न हामीलाई कस्तो अगुवाई गरीरहनु भएको छ?

कतै परमेश्वरले दिनुभएको जिम्मेवारी आफ्नै तरीकाले पुरागर्ने प्रयासमा हामीलाई बोझ त भएको छैन?

प्रार्थना गरौं

प्रभु मलाई तपाईले दिनुभएको जिम्मेवरी पुरा गर्न चाहिने ज्ञान, सिप र वल सबै उपलब्ध गराउनु होस् । प्रभु मैले मेरो जीवनमा तपाईको योजना पुरा गर्न तपाईको अगुवाई प्राप्त गरेको हुँ र तपाइलाई पछ्‌याउन सकेको हुँ।