अवसरहरूको पहिचान गरौं Grab the Opportunities || Devotion in Nepali

 अवसरहरूको पहिचान गरौं Grab the Opportunities


जसरी आत्मिकी रूपमा फलदायी जीवन यापन गर्न आफ्ना कम्जोरी तथा शारीरिक अभिलाषहरूको पहिचान गर्दै ति बाट आफुलाई मुक्त राख्ने प्रयास गर्नु पर्दछ त्यसरी नै हामीलाई परमेश्वरले दिनुभएको अवसहरुको पहिचान गर्नु र सहि सदुपयोग गर्नु आत्मिक रुपमा फलदायी हुनकोलागि हामीले छुटाउन नहुने अर्को कदम हो। हामीले इश्वरीय स्वभावहरू देखाउन पर्ने विभिन्न परिस्थितिहरु परमेश्वरले हाम्रो सामु राखी दिनुहुन्छ। यस्ता परिस्थितीमा सहि निर्णय गरेर इश्वरको महिमा हुने प्रकारका कदमहरू चाल्यौं भनें हाम्रो जीवन परमेश्वरको योजना अनुसार चलेको हुन्छ। त्यसैले हाम्रो जीवनमा परमेश्वरले दिनुभएका विभिन्न वरदानहरू छन् र हामीले ति वरदानको सहि समयमा सहि उपयोग गरेको परमेश्वरले चाहनुहुन्छ। हाम्रो व्यक्तिगत जीवन, परिवार, समाज तथा मण्डलीमा यस्ता मौकाहरू धेरै नै दिनुहुन्छ जहाँ हामीले परमेश्वरको इच्छा अनुसारको कार्यहरू गर्न सक्छौं। परमेश्वरको इच्छा अनुसारको कार्यहरू गर्नु हाम्रो लागि बोझ नभई फलादायी आतिमकी जीवन जीउने मौका परमेश्वरले दिनु भएको हो भनि बुझ्नु पर्दछ। यस्ता जिम्मेवारी तथा मौकाहरूबाट भाग्ने होइन तर तिनको खोजी गरेर परमेश्वरको योजना अनुसारको कार्यगर्न हामीले कदमहरू चाल्नु पर्दछ। यो नै सफल आत्मिकी जीवन हो।

अध्ययन गरौं

याकूब 3:13 तिमीहरूमध्‍ये बुद्धिमान्‌ र ज्ञानी को छ? आफ्‍नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्‍यसले आफ्‍ना कामहरू देखाओस्‌।

गलाती 6:9‭-‬10 भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं। यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्‍वासका परिवारका हुन्‌।

यूहन्‍ना 9:4 मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्‍दैन।

मनन गरौं

आज यस घडिमा परमेश्वरले हामीबाट के चाहनु भएको छ? आज हाम्रो जीवनमा परमेश्वरको गुणहरू प्रकट गर्ने के कस्ता मौकाहरू परमेश्वरले दिनुभएको छ?

के हामीले परमेश्वरको गुण अनुसारका काम गर्ने मौकाहरू गुमाइरहेका त छैनौं?

के हाम्रो व्यक्तिगत जीवनमा, परिवार, मण्डली तथा समाजमा परमेश्वरको योजना अनुसार सक्रिय भइरहेका छौं ?

प्रार्थना गरौं

प्रभु मलाई तपाईले आफ्नो इच्छा अनुसार जीवन जीउन दिनुभएको मौकाहरुमा सहि निर्णय तथा कदम चाल्न सहायता गर्नुहोस् । तपाइले दिनुभएका मौकाहरु मेरो जीवनमा खेरा नगएका हुन।