उत्कृष्ठता प्रदर्शन गरौं Let's Give our best

 उत्कृष्ठता प्रदर्शन गरौं Let's Give our best



दिनु र उत्कृष्ट प्रकारले दिनु अनि काम गर्नु र उत्कृष्ट प्रकारले काम गर्नुमा धेरै ठूलो भिन्नता छ। जसरी हामीले परमेश्वरको इच्छा र योजनालाई विचार गरेर काम गर्नु महत्वपूर्ण हुन्छ त्यसरी नै हाम्रो काम परमेश्वरलाई उत्कृष्ट रूपमा पस्कन सक्नु पर्छ। परमेश्वरले हाम्रो काम र फल मात्र होइन तर हाम्रो हृदयको अवस्था पनि हेर्नुहुन्छ। परमेश्वर त्यस वेला हामी संग खुशी हुनुहुन्छ जब हामीले उहाँलाई उत्कृष्ट तरिकाले दिएका छौं। चाहे परमेश्वरलाई होस या परमेश्वरको नाउँमा अरु कसैलाई हामीले केहि दिन्छौ या केहि गछौं भनें परमेश्वरलाई खुशी पार्ने प्रकारले दिनु महत्वपूर्ण हुन्छ। परमेश्वर जसले हाम्रो हृदयका अन्तस्करणका सवै कुरा देखु हुन्छ र जान्नुहुन्छ उहाँको सामु समाउन नपर्ने प्रकारले गर्न सक्नु नै हाम्रो जीवनको एक उद्देश्य हो। त्यसैले कुनै पनि काम गर्दा या जीवन यापन गर्दा मानिसको सामु होइन तर परमेश्वरको सामु उहाँमा लेखा दिनु पर्ने प्रकारले गर्न सक्नु नै जीवनको सफलता हुन्छ । किनभने हाम्रो कामको वास्तविक इनाम मानिसबाट नभई परमेश्वरबाट आउँछ ।

अध्ययन गरौं

एफिसी 6:6‭-‬7 मानिसहरूलाई खुशी पार्नेले झैँ आँखाको अगि मात्र देखावटी काम नगर, तर ख्रीष्‍टका दासहरूझैँ साँचो हृदयले परमेश्‍वरको इच्‍छा पूरा गर। मानिसहरूका निम्‍ति होइन, तर प्रभुको निम्‍ति जस्‍तै गरी सदिच्‍छाले सेवा गर,‬

२ तिमोथी 2:15 शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर।

कलस्सी 3:17 कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर।

 मनन गरौं

के हामीले परमेश्वरको नाउँमा जे गरेका छौं जे दिएका छौं सो हाम्रो उत्कृष्ट हो भन्नेमा निश्चिन्त हुनुहुन्छ ?

कतै हामीले अझ बढी असल गर्न सक्ने र दिन सक्ने हुंदा हुँदै सो गर्न चुकेका त छैनौं ?

के परमेश्वरले हाम्रो हृदयलाई जाँच्नु हुँदा उहाँ खुशी हुनुहोला ?

प्रार्थना गरौं

प्रभु म जे गर्छु सो उत्कृष्ट रुपमा तपाइको सामु सर्माउन नपर्ने प्रकारले दिन सकेको हुँ । प्रभु मैले मानिसलाई देखाउन होइन तर तपाइलाई देखाउने प्रकारले जीवन जिउन सकेको हुँ ।