जीवन शैलिको नवीकरण Renewing of Our Lifestyle||devotion in Nepali

जीवन शैलिको नवीकरण Renewing of Our Lifestyle


हाम्रो जीवन शैलि आफ्नो सोचाइबाट प्रेरित हुन्छ। हामीले जीवनको बारेमा, परिवारको बारेमा, छिमेकी देश तथा समाजकोबारेमा जस्तो सोचाइ राख्दछौं त्यस्तै ब्यवहार तथा क्रियाकलाप गर्दछौ । यि क्रियाकलापहरु हाम्रो जीवन शैलि बन्दछन्। हाम्रो सोचाईलाई नयाँ बनायौं भनें हाम्रो जीवन शैलि पनि नयाँ हुँदै जान्छ। हाम्रो सोचाई हामिले देखेका, सिकेका तथा सुनेका कुराहरू द्वारा निर्माण हुन्छ । हामीले TV तथा Social Media हरुमा देखेका सुनेका कुराहरुले हाम्रो सोचाई हरु निर्माण गरीरहेको हुन्छन् र हाम्रो व्यवहार तथा कृयाकलापलाई डोर्‍याइ रहेका हुन्छन्। यदि हामीले असल कुराहरूलाई हेर्ने विचार गर्ने आदि गर्‍यौँ भनें असल जीवन शैलिको निर्माण गर्दै जान्छौं। परमेश्वरलाई मन पर्ने फलदायी जीवन बनाउन हामीले के हेर्ने के पढ्ने के सुन्ने आदि कुराहरुलाई व्पनि बुद्धिमान पुर्वक छनोट गर्नु आवश्यक हुन्छ। यदि हामीले वास्था नगरी धेरै प्रकारका सामाग्रीहरुमा ध्यान लगाउँछौ भनें हामीमा अनावश्यक तथा हानिकारक विचार र भावनाहरू आउन सक्छन् जसले हाम्रो जीवन शैलिलाई परमेश्वरको इच्छा भन्दा बाहिर लाग्न सक्छ। हामालाई खराब इच्छा तथा सोचाइमा नवहकाउने चिजहरुलाई छानेर सफल आत्मिकी जीवनको निर्माण मा लागि परौं।

अध्ययन गरौं

याकूब 1:14‭-‬15 तर हरेक मानिस आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा पर्दछ। तब खराब इच्‍छाले गर्भधारण गरेपछि त्‍यसले पाप जन्‍माउँछ। अनि पाप पूरै बढ़ेपछि त्‍यसले मृत्‍यु ल्‍याउँछ।

फिलिप्पी 4:8 अन्‍त्‍यमा भाइ हो, जे कुरो सत्‍य छ, जे कुरो आदरणीय छ, जे कुरो न्‍यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्‍य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्‍ठता, प्रशंसाको योग्‍य केही छ भने यी नै कुराका विचार गर।

रोमी 12:2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

 मनन गरौं

हामीले के कस्तो कुरा हेर्ने सुन्ने र विचार गर्ने गरि रहेका छौं ? हामीले हेरेका देखेका तथा सुनेका कुराहरुले हामीमा सहि विचारहरू उत्पन्न गराई रहेको होला ?

असल कुराहरूको छनोट के आधारमा गरिरहेका छौं ? परमेश्वरको चाहना अनुरूप या हाम्रो इच्छा अनुरूप?

प्रार्थना गरौं

प्रभु मलाई सहि विचार धारणा तथा व्यवहारमा डोर्याउने थोकको छनोट गर्न सिकाउनु होस्। प्रभु म मेरो जीवन शैलि परिवर्तन गर्न चाहन्छु सहि निर्णय गर्न मलाई सहायता गर्नुहोस्।