मण्डली - हाम्रो आत्मिक यात्राको सहयात्री Church- Sojourner of Our Spiritual Journey

 In the Journey of Life, We Need Each Other!

मण्डली - हाम्रो आत्मिक यात्राको सहयात्री 

कलस्सी 2:6 मा पावलले लेखेका छन् कि, यसकारण जसरी ख्रीष्‍टलाई तिमीहरूले ग्रहण गर्‍यौ, त्‍यसरी नै उहाँमा जीवन बिताओ। हामीले विताउने ख्रीष्टियन जीवन एउटा यात्रा हो , कुनै एक अवस्थामा स्थिर रहने बसाई होइन । ख्रीष्टलाई विश्वास गर्ने साथ हामीले आत्मिक यात्रा सुरु गरेका छौं भन्ने जान्नु पर्छ। बाइबल अनुसार हामीले हाम्रो यात्रा परमेश्वरबाटको ज्ञान र बुद्धिमा , प्रेम र ज्योति तथा आज्ञाकारीता र आत्मामा हिँड्नु पर्छ।

तर परमेश्वरले हाम्रो यो यात्रालाई हामी एक्लै पुरा गरोस भन्ने योजना राख्नु भएको भने होइन। हामी जीवनमा विवाहित हौं या अविवाहित परमेश्वरले हामीलाई हिँडाउन खोडनु भएको यात्रा वैवाहिक जीवन होइन । तर हामी मण्डलीको साथमा आत्मिक यात्रा पुरा गर्छौं। परमेश्वरको झुण्डको साथ लागेर आत्मिक यात्रा अघि बढाउनु परमेश्वरको इच्छा र योजना हो।

कति जनाको विचारमा आफ्नो जीवनको यात्रा आफैं अघि बढाउनु पर्छ भन्ने हुन सक्छ । अरुलाई हेरेर जीवनमा अघि बढ्ने होइन तर आफ्नै गतिमा अघि बढ्न पर्छ भन्नेहरु पनि हुन्छन्। जीवनमा एक्लै बढ्ने प्रयास गर्न सकिएला तर मण्डली र प्रभुको जनको साथमा अघि बढनुका धेरै आत्मिक फाइदाहरू छन् । हामीले आत्मिक यात्रमा धेरै फड्को मार्न सक्छौं। त्यसका तिन विशेष कारणहरू छन् ।

1. सुरक्षाको हिसाबले

अँध्यारोमा नचिनेको ठाउँमा तथा लामो यात्रमा एक्लै हिँड्नु केहि डरलाग्दो र अशुरक्षित पनि महशुस गर्न सकिन्छ। यि अवस्थामा हामी अरु सहयात्रीको साथमा छौं भनें हामीलाई शहास आउँछ र हामी बढि निर्धक्क साथ अघि बढ्न सक्छौं। म अरु जस्तो डराउने व्यक्ति होइन म एक्लै अघि बढ्छु भन्ने हामीलाई लाग्ला तर हामीले जान्नु पर्दछ कि प्रभुले हामीलाई डोर्‍याउन खोडनु भएको बाटो आत्मिक यात्रा हो। यस यात्रामा हामीले धेरै अन्धकारको शक्तिको आक्रमण सामना गर्नु पर्ने हुन्छ; धेरै परिक्षा हरु मा पर्न सक्छौं। हामीले अन्धकारको शक्तिले हामीलाई प्रभुबाट टाढा राख्न गरेको प्रयास बाट वच्न तथा जीवनमा हाम्रो विश्वासको जाँच भएको अवस्थामा हामी मण्डलीको साथ, हौसला तथा साथ पायौं भनें विजयी हुन सक्छौं। हाम्रो विरोधी शैतान बलियो शत्रु हो एक्लै जीत्न गाह्रो हुन्छ तर हामी मण्डली एक भएर प्रभुको शक्ति आत्मामा अघि बढ्यौं भनें निश्चय नै विजय हाम्रो हुनेछ। 

2 . सहयोगको हिसाबले

अफ्रिकामा एउटा भनाइ पनि छ, "एक्लै दौड्‌यौं भनें छिटो पुगिएला तर अरुको साथमा दौड्‌यौँ भने टाढा पुग्न सकिन्छ।" आत्मिक यात्र एक दुई दिनको छोटो यात्रा नभई जीवन भरी नै अघि वढिरहनु पर्ने यात्रा हो। यस यात्रामा हामी छिटै थाक्न सक्छौं, सहिबाटो हो या गलत भनेर अल्मलिएको पनि हुन सक्छ । एउटा ख्रिष्टको विश्वासीको नाताले हामीले कुन अवस्थामा कस्तो कदम चाल्नु पर्ने थाहा नहुन सक्छ र हामीले गलत दिशामा हिंडिरहेका पनि हुन सक्छौं। झुटा शिक्षा हरु हाम्रो जीवनको हरेक पाइलामा भेटिन सक्छन् जस्ले हामीलाई सत्यताको बाटोबाट अलग राख्न खोज्छन्। कुन सहि हो भनेर थाहा गर्न हामीलाई मण्डलीले ठूलो सहायता गर्न सक्छ।

3. सत्यताको हिसाबले

एक्लै भन्दा अरुसँग अघि बढेर धेरै सिक्न सकिन्छ। एक्लै हामीले आफ्नो मात्रै अनुभव बटुलेका हुन्छौं भनें अरुको साथमा हिँड्दा हामीले एक अर्कालाई हेरेर पनि धेरै ज्ञान प्राप्त गर्न सक्छौं। हितोपदेश 28:26 ले आफैमा भरोसा राख्‍ने व्‍यक्ति मूर्ख हो, भनेको छ। आत्मिक यात्रामा पनि मैले सबै जानेको छु मलाई अरु चाहिंदैन जस्तो गरेर अघि बढ्नु एक मुर्ख निर्णय हो। किनभने सबै कुरा जानेको र कहिल्यै गल्ति गर्नै नसक्ने मानिस कोहि हुँदैन त्यसैले पनि मण्डलीको साथमा आत्मिक यात्रा अघि बढाउनु एक बुद्धिमानि निर्णय हो ।


त्यसैमा पनि मण्डली एउटा मानिसको जमात मात्र नभएर ख्रिष्ट येशू शिर हुनु भएकाे शरिर हो । त्यसैले सबैको अस्तित्व एक अर्कामा जोडिएको पाइन्छ। कुनै एक विश्वासी आत्मिक रुपमा बढ्नु भनेको पुरै मण्डलीलाई फाइदाको कुरा हो। आत्मिक यात्रा भनेको प्रभुलाई अझ राम्रो सँग जानेर बुझेर उहाँको इच्छा र योजना अनुसार अरुको सेवा गर्नु पनि हो। मण्डलीमा नै यि सबै कुराहरू सम्भव हुन्छन्। हामीले अरुको सेवा पनि प्राप्त गर्दछौं भनें अरुलाई सेवा गर्दै आफ्नो आत्मिक यात्रामा अघि बढ्न पनि सक्छौं ।


एफिसी 4:16 उहाँबाट नै सारा शरीर प्रत्‍येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्‍येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ। 


कलस्सी 2:7 धन्‍यवाद दिनमा प्रशस्‍त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्‍वासमा दह्रिला भएका होओ।