सोचाइ र कार्यको सम्बन्ध्- Inspiration



14
भजन संग्रह 19:14  हे परमप्रभु, मेरो चट्टान र मेरा उद्धारक, मेरो मुखका शब्‍द र मेरो हृदयका ध्‍यान तपाईंको दृष्‍टिमा ग्रहणयोग्‍य होऊन्‌।

 रोबर्ट ब्राउनिङको भनाइ अनुसार सोचाइ मानिसको कार्यको आत्मा हो त्यस्तै इमर्सनको भनाइ अनुसार सोचाई नै मानिसको कार्यको सिंहासन हो। र सबै मानिसका कार्यहरू सोचाइबाट नै आउँछन्। एक पटक परमेश्वरले संसारलाई मानिसको यस्तै पापमय सोचाइ र पापमय व्यवहारको कारण नष्ट गर्नुभयो त्यसैले हामीले यो विचार गर्नु पर्दछ कि परमेश्वरले आज हामीलाई र हाम्रो हृदयमा भएको पापमय विचारलाई हेरेर कति दुःखी हुनुहुन्छ।

धेरै मानिसहरू पापको सपना देख्छन् र पापको कल्पना गर्छन्। मौका पायो भने उनीहरूले पाप समेत गर्न पछि पर्दैन मात्र यति हो कि उनीहरूलाई पाप गर्ने मौका मिलेको छैन। परमेश्वरको नजरमा मानिसको पाप कार्य र पापमय सोचाई बराबरी रूपमा नै गलत छन्। किनभने परमेश्वरलाई थाहा छ कि मानिसको पापमय कामहरूको सुरुवात उसको पापमय सोचाइबाट आउँछ।

त्यसैले हामीहरू पनि यो कुरा याद राखौं कि परमेश्वरले हामीले के गरेका छौं के गरेका छौं भन्नेमा मात्र होइन तर के सोचेका छौं भन्ने कुरामा पनि सरोकार राख्नुहुन्छ हामी ख्रीष्टमा आएका छौं भने ख्रीष्टले हामीलाई शुद्ध विचार शुद्ध सोचाई पनि दिनुहुन्छ हाम्रो तर्फबाट हामीले हाम्रो हृदयमा शुद्ध विचार उत्पन्न गराउने तस्विरहरू पुस्तकहरू र वस्तुहरूमा हाम्रो ध्यान राम्रो नजर लगाउनु पर्दछ। ताकि दुष्टले जसले हाम्रो हृदयमा पापमय सोचाई राखेर हामीलाई परमेश्वरबाट टाढा पुर्याउने प्रयास गर्छ उसका युक्तिहरू हाम्रो जीवनमा सफल नभएका हुन् । त्यस्तै दाउदको यो प्रार्थना हामी सबैको प्रार्थना भएको होस्।

हे परमप्रभु मेरो चट्टान र मेरो उद्धारक मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईंको दृष्टिमा ग्रहण योग्य होऊन्

Read More