ईसाई विश्वासको पुन-सुधारको आयाम कर्ता-मार्टिन लुथर (1483-1586)को जीवनी || Life of Martin Luther

 ईसाई विश्वासको पुन-सुधारको आयाम कर्ता- मार्टिन लुथर (1483-1586)को जीवनी



मार्टिन लुथरको जन्म नोभेम्बर 10, 1483 मा एइस्लेवेन, जर्मनीमा आमा मार्गारेट तथा बुवा हान्स लाउडरका छोराको रूपमा भएको थियो। उनका बाबु हान्स खनिज उत्खननको व्यवसायमा संलग्न थिए तर उनि आफ्नो छोराको जीवन आफ्नो भन्दा असल होस् भन्ने चाहना राखेर आवासीय विद्यालय र पछि विश्वविद्यालय सम्म पठाए।

मार्टिन लुथर एक तेज विद्यार्थी थिए। उनले छिटै नै विश्वविद्यालयको अध्ययन पुरा गरेर कानुनको विद्यार्थी बन्ने तरखरमा थिए। तर आफ्नो कानुनको पढाइको एक महिना वित्तै गर्दा उनि एक दिन बाटोमा चट्याङको बीचमा परे। जसको कारण उनलाई आफ्नो प्राणको बारेमा धेरै नै डर लाग्न थाल्यो। तत्कालै चट्याङ उनकै छेउमा बज्रयो र उनले ठूलो स्वरमा हे ईश्वर मलाइ बचाउनु होस म साधु (Monk) बनेर तपाइको सेवा गर्छु भनेर चिच्याए। त्यस पछि उनको जीवन आफ्नो लागि भन्दा पनि परमेश्वरको लागि जिउने बाटोमा हिँड्न थाले।

साधुको रूपमा मार्टिन लुथर

एक साधु भएर लुथरले परमेश्वरलाई हृदय देखि नै स्विकार गरेका थिए र उहाँको खोजी गर्थे। उनको समयमा सबै मानिसहरूले क्याथोलिक शिक्षा अनुसार परमेश्वरको बारेमा विश्वास गर्ने गर्थे। क्याथोलिक शिक्षामा मानिसको मुक्तिमा परमेश्वरको अनुग्रहको साथ साथै मानिसको कार्य पनि आवश्यक पर्थ्यो।  तर लुथरले आफ्नो कार्य परमेश्वरको अनुग्रह कमाउन योग्य नभएको कारण सधैँ मुक्तिको लागि तड्पिरहेका थिए। उनले ख्रीष्टलाई प्रेमीलो परमेश्वर नभइ कडा न्यायकर्ताको रूपमा बुझेका थिए। उनको धेरै जसो समय कन्फेसन रूम (क्याथोलिक चर्चमा पच्छाताप गर्ने कोठा)मा नै बितेको हुन्थ्यो। उनले खासै ठूलो गल्ती नगरे पनि परमेश्वरको डरले सधैँ पश्चाताप गरि रहन्थे।

1510मा क्याथोलिक चर्चको निर्णय अनुसार मार्टिन लुथर रोम(तत्कालीन रोम साम्राज्यको सदरमुकाम)मा जानु पर्ने भयो। यस यात्राको उद्देश्य लुथरलाई विभिन्न धार्मिक स्थलमा पुर्याएर उनको आत्मिक रूपमा बलियो बनाउनु थियो। यस प्रकार उनले Indulgenceकमाउन सक्थे। रोमी शिक्षा अनुसार Indulgence असल कार्य हो जसले तपाई स्वर्ग जाने बेलामा पर्खिने ठाउँ (purgatory)मा बस्ने समय छोटिन सक्छ। यस शिक्षा अनुसार मण्डलीलाई दान दिएको खण्डमा मानिसले सिधै स्वर्ग जान पाउने छ भन्ने थियो।

लुथर रोममा गएर यस प्रकारको शिक्षा र मण्डली तथा रोमका साधुहरूको जीवन शैली देखेर दिक्क भए। किनभने उनीहरू धेरै धन तथा सुख सयल प्रेमी थिए। यो दृश्यले उनलाई क्याथोलिक सिद्धान्त प्रति वितृष्णा पैदा गरायो। उनि रोमबाट फर्के पछि विटेनवर्ग विश्वविद्यालयमा प्रध्यापकको रूमा खटाइए, जहाँ उनले धर्मशास्त्र गहिरो रूपमा अध्ययन गर्न थाले:कसरी एक पापी मानिसले पापबाट छुटकारा पाउँछ यसको खोजीमा अघि बढे।

रोमन क्याथोलिक शिक्षा प्रतिको असन्तुष्टि र 95 थेसिस

त्यही समयमा क्याथोलिक चर्चले भव्य सेन्ट पिटरस् बासिलिका भन्ने भवनको निर्माण सुरु गरेको थियो। यसको लागि ठूलो धनरासी को आवश्यकता पर्थ्यो। क्याथोलिक चर्चले यस भवनको लागि रुपैयाँ चन्दा दिएको खण्डमा सिधैँ स्वर्ग जान सक्ने प्रकारको प्रचार प्रसार गरेको थियो। क्याथोलिकहरूले यो सम्म सिकाउन थालेका थिए कि हामीले यहाँ चन्दा दिएको खण्डमा हाम्रो मरेका आफन्तलाई पनि स्वर्ग पठाउन सक्छौं भनेका थिए । यो सबै क्रियाकलाप लुथरलाई कुनै पनि रीतिमा मन परेको थिएन। लुथरले यसको विरुद्धमा मण्डलीमा विरोधको विचार टाँस्ने निर्णय गरे जसलाई 95 थेसिस भनेर चिनिन्छ।

लुथरले जर्मनीको विटेनवर्गको चर्चको ढोकामा टाँसेको 95 थेसिस को पत्रले रोम साम्राज्य भरी क्याथोलिक शिक्षा प्रतिको असन्तुष्टलाई व्यक्त गर्न उक्साएको थियो र रोमन क्याथोलिक तथा प्रेटेस्टान् बिचको विभाजनको सुरुवात भएको थियो। लुथरको मुख्य उद्देश्य Indulgences, Purgatory आदि विषयहरूमा बाइबलिय आधारमा बहस गराउने र मण्डलीलाइ सहि दिशा दिने उद्देश्य थियो।  लुथरको बिचारमा मण्डलीले बाइबलमा फर्केर मुक्तिको विषयको शिक्षालाइ पुन विचार गर्नु पर्थ्यो। तर उनको यो 95 थेसिस जनमानसमा फैलियो र मानिसहरूमा रोमन क्याथोलिक मण्डली तथा पोपको सर्वाधिकार प्रति प्रश्न उठ्न थाल्यो।

क्याथोलिक मण्डलीको उच्च सरोकारमा भएकाहरूलाइ यो कुरा सहन सक्ने थिएन। उनीहरूले जर्मनीको वर्मस भन्ने ठाउँमा मार्टिन लुथरको बारेमा निर्णय गर्न परिषद गठन गरे जसलाइ Diet of Worms भनेर चिनिन्छ। सम्राट चार्ल ५औं आफैं यस सभालाइ अगुवाइ गरेका थिए। उनीहरूले लुथरलाइ आफ्नो भनाइ फिर्ता लन दवाव दिए। फिर्ता नलिएको खण्डमा क्याथोलिक चर्चले उनलाइ झूटो शिक्षा घोषणा गरेर मृत्यु दण्ड दिने सम्मको चेतावनी पाए।

मार्टिन लुथरले यस विषयमा प्रार्थना गरे र सभामा उपस्थित भइ, आफ्नो भनाइ आफ्नो व्यक्तिगत नभएको तर धर्मशास्त्रबाट प्राप्त गरेको कारण यसको विरुद्धमा नउभिने भनेर आफ्नो निर्णय सुनाए। लुथरको ज्यान जोगाउन उनका साथिहरूले उनको अपहरण गरेर उनलाइ वार्टवर्ग क्यासलमा दश महिना सम्म लुकाए।

शिक्षाका कार्यहरू

यसरी लुकेर बस्नु परेको समय उनले सुतेर बिताएनन् तर नयाँ करारलाई जर्मनीका सर्वसाधारणले बुझ्ने भाषामा उल्था गर्न थाले। यस बेला सम्म बाइबल धर्मशास्त्र रोमीहरूले मात्र बुझ्न सक्ने ल्याटिन भाषामा रोमन क्याथोलिक चर्चका पूजाहारीहरूलाई मात्र उपलब्ध थियो। उनले ल्याटिन भाषाबाट मात्र नभइ नयाँ करार सुरुमा लेखिएको ग्रीक भाषालाई प्रयोग गरेर उल्था गर्ने काम गरेका थिए। सन 1521मा जर्मनीमा लुथरले उल्था गरेको नयाँ करार उपलब्ध भयो। उनले पछि पुरानो करारलाई पनि उल्था गर्न थालनी गरे। 40 वर्षमा एक लाख प्रति उनको बाइबल छापियो र मानिसहरूलाई उपलब्ध गराइयो। उनले आफ्नो बाँकी समय वचन प्रचार, शिक्षा तथा इश्वरसाश्त्रको विषयमा लेखेर बिताए।  लुथरले मण्डलीलाइ निम्न तिन कुरामा फर्काएको पाउँछौं

  1. Sola Scriptura- धर्मशास्त्र मात्रै सत्यको श्रोत हो- क्याथोलिक चर्चमा अधिकार धर्माशास्त्र र पोपको दुवैको अधिकार हुन्छ। पोपले मात्रै धर्मशास्त्र सहि तरिकाले बुझ्न र बुझाउन सक्छ भन्ने थियो। तर लुथर अधिकार पोपमा होइन तर बाइबल धर्मशास्त्रमा छ भनेर सिकाए।
  2. Sola Fide- विश्वासले मात्र मुक्ति पाइन्छ- रोमन क्याथोलिक चर्चले विश्वासमा होइन तर कर्ममा पाइने मुक्तिलाई वडवा दिएका थिए। मार्टिन लुथरले हाम्रो कर्मले होइन तर येशूमा राखेको विश्वासले मात्र मुक्ति पाइन् भनेर सिकाए
  3. Sola Gratia- परमेश्वरको अनुग्रहले मात्र मुक्ति पाइन्छ- रोमन क्याथोलिकहरूले मुक्तिलाइ पैसामा बेच्ने प्रकारको शिक्षा पनि दिएको कारण, लुथरले मुक्ति परमेश्वरले सित्तैमा दिने अनुग्रहो भनेर सिकाए ।

1546 फेब्रुअरी 18मा उनको देहान्त भयो।

लुथरले आफ्नो जीवनकालमा ठूलो परिवर्तन ल्याए जुन मण्डलीमा मात्र नभए विश्व इतिहासमा आएको परिवर्तन थियो। यसै घटनाले रोमन क्याथोलिक मण्डलीको एकल बर्चस्सो तोडियो, कालान्तरमा रोमी साम्राज्यमा विभाजन आयो र धेरै प्रोटेस्टान्ट देशहरूको उदय भयो।