एउटा बटुवा र बाघ- An Inspirational Story

 एउटा बटुवा र बाघ- An Inspirational Story


एक जना बटुवा, एउटा खोला किनार भीरको छेउबाट आफ्नो बाटो लागि रहेको थियो । अचानक एउटा बाघ सँग उसको जम्का भेट भयो । बाघले उसलाई झम्टिन लाग्यो अनि उ आत्तिएर दायाँ बाँया हेरेको भीरको भित्ता एउटा ऐँसेलुको लहरो देख्यो । अनि उ आत्तिएर त्यही ऐँसेलुको लहरो समातेर माथि चढ्न थाल्यो । ऐँसेलुका काँडा भए पनि उसले केहि नठानि लहरो माथि माथि गयो । बाघले नभेट्ने गरि माथि पुगेर त्यहि झुन्डिएर बस्न लाग्यो । धेरै बेर उ त्यहि ऐँसेलुको झाडीमा नै बस्यो। बाघ उसलाई त्यही मुनि पर्खेर बसेछ । उ ऐँसेलुको झाडीमा बस्ता अत्यास लागेर दायाँ बायाँ हेर्यो, अनि उसले वरि परि धेरै पाकेका ऐँसेलु देख्यो । उसलाई अलि अलि भोक पनि लागेको थियो । उसले ऐँसेलु टिप्दै खान लाग्यो । ऐँसेलु मीठो थियो, आफूले पर्याप्त ऐँसेलु खाइ सके पछि उसले सोच्यो म अब मेरो छोरा छोरीको लागि पनि ऐँसेलु टिप्छु । उसले आफ्नो मुठीभरि ऐँसेलु टिपेर घर तिर जानु पर्यो भनेर ऐँसेलुको झ्याङबाट तल झर्यो । बाघ तल उसलाई पर्खि राखेको, र उ ऐँसेलु खान होइन बाघबाट बाँच्न ऐँसेलुमाथि चढेको विर्सिसकेको थियो । उ तल झर्न नपाउँदै बाघले उसलाई झम्ट्यो, र उ बाधको आहारा बन्यो ।

आफ्नो अवस्था बिर्सेर, छणिक लाभमा रमाउँदा बटुवाले आफ्नो ज्यान गुमाउनु पर्यो ।

हामी सबै यस संसारका बटुवा नै हौं । यदि हामी कहाँ जाँदैछौं किन छौं भन्ने कुरा जानेनौं या बिर्सियौं भने हामि पनि त्यस्तै ठूलो समस्यामा पर्छौं । छणिक रमझममा नभुलेर जीवनको यथार्थलाई जान्न सकेका हौं ।

1 पत्रुस 2:11

प्रिय हो, म तिमीहरूलाई आग्रह पूर्वक बिन्ती गर्छु, कि विदेशी र प्रवासीहरू हौं भनी जानेर तिमीहरूका आत्माको विरुद्धमा लडाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो।