तिन दाजुभाइको एक्लि सुन्दरी- A beauty for Three Gentlemen

 तिन दाजुभाइको एक्लि सुन्दरी



 गाउँमा एक परिवारमा तिन दाजुभाइहरू थिए । तीनै जना लक्का जवान भैसकेका, विवाह गर्ने उमेरका भए । तर विडम्बनाको कुरा तीनै जना दाजु भाइहरूले गाउँकी सबै भन्दा सुन्दरी एउटै केटी माथि आँखा लगाएछन् । तिनिहरू तीनै जनाले पालै पालो गरि त्यस युवतिलाई आफ्नो विवाह प्रस्ताव राखेछन् । तर त्यस युवतिले तीनजना उत्तिकै योग्य, राम्रो, गुणले भरिएको देखेर कसलाई छन्ने भनेर निधो गर्नै सकिनछ ।

एक दिन ती जवाहरूका बाबुले तीनै जना छोराहरूलाई बोलाएर भनेछन् । तिमीहरू लामो यात्रामा जाओ र फर्केर आउँदा एउटा-एउटा असल चीज किनेर ल्याओ त्यस केटीको लागि । तिमीहरूले ल्याएको समान देखेर उसले जसलाई मन पराउँछे उसै सँग तिमीहरूको विवाह हुन्छ ।

ती तीन दाजुभाइहरू लामो यात्रामा लागेछन् । घर फर्कने बेलामा एक जनाले जादु चस्मा किनेछ । त्यो चस्माले जे हर्न मनलाग्यो जहाँ भए पनि मन लागेको कुरा देखाइदिँदो रहेछ । दोस्रोले जादु वाला कार्पेट किनेछ । त्यस कार्पेटमा चढेपछि जहाँ जान मनलाग्यो त्यहाँ उडेर जान सकिँदोरैछ । तेस्रोले चाहिँ जादु वाला कागतीको सर्वत किनेछ, त्यो सर्वतले मर्न लागेको मान्छेलाई खुवायो भने बचाउन सक्दो रहेछ ।

उनीहरू फर्कदै थिए, उनीहरूलाई आफ्नो सुन्दरी याद आएछ । त्यस जादु वाला चस्मा भएकोले तुरुन्त आफ्नो चस्मा निकालेर हेरेछ । तर त्यस सुन्दरी त आफ्नो घरमा बिमार परेर मर्नै लागेको देखेछ । सो कुरा थाहा पाएपछि तिनै जना दाजुभाइहरू जादु वाला कार्पेटमा चढेर त्यस सुन्दरीको घर तिर लागेछन् । सुन्दरी घर पुगे पछि कागतीको सर्वत हुनेले आफूसँग भएको सबै सर्वत त्यस युवतिलाई खुवाइ दिएछ । त्यस पछि त्यस सुन्दरीलाई सन्चो भएछ ।

निको भए पछि तिनि जनाले आफैँसँग भएको, र गरेको कामको बखान गरेछन् र सोधेछन् अब उनले कसलाई चाहन्छिन् त ? त्यस सुन्दरीले भनिछ, जादुवाला चस्माको कारणले तिमीहरूले मेरो बिरामीको बारेमा थाहा पायौ र त्यो जादुवाला कार्पेटको कारणले तिमीहरूले म मर्नु भन्दा अघि यहाँ आइपुग्यौ र जादुवाला सर्वत खाएर म बाँचे । सबै कुरा समान रूपमा महत्वपुर्ण छन् । तर तिमी दुई जना सँग त चस्मा, कार्पेट छँदैछ, तर उसले त भएको सबै सर्वत मलाइ नै खुवाएर सक्यो । अब उ सँग केहि पनि छैन । म उसै सँग विवाह गर्छु किनकी उसले आफैँ सँग भएको सबै मेरो लागि खर्च गर्यो ।

हामीले को सँग कति छ भन्दा कस्ले हाम्रो लागि आफूलाई रित्याउन सक्छ सो जान्यौ भने असल प्रेम चिन्न सक्छौं

 युहन्ना 3:16

“किनभने परमेश्वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।