Luke 7:18-28 जब परमेश्वर हामीले सोचेको जस्तो गर्नुहुन्न?

Luke 7:18-28 जब परमेश्वर हामीले सोचेको जस्तो गर्नुहुन्न?


 18यूहन्‍नाका चेलाहरूले यी सब कुराको समाचार तिनलाई भनिदिए। 19आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यूहन्‍नाले प्रभुकहाँ यो सोध्‍न पठाए, “जो आउनुहुनेछ, के तपाईं उहाँ नै हुनुहुन्‍छ? कि हामी अरू कसैको प्रतीक्षा गरौं?”
20जब ती मानिसहरू येशूकहाँ आए, तब तिनीहरूले भने, “बप्‍तिस्‍मा-दिने यूहन्‍नाले हामीलाई यो सोध्‍न तपाईंकहाँ पठाएका छन्, ‘जो आउनुहुनेछ, के तपाईं उहाँ नै हुनुहुन्‍छ? कि हामी अरू कसैको प्रतीक्षा गरौं?”
21त्‍यसै बेला येशूले धेरैलाई रोग, व्‍यथा र दुष्‍टात्‍माहरूबाट छुटाउनुभयो, र धेरै अन्‍धाहरूलाई दृष्‍टि प्रदान गर्नुभयो। 22तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाओ, र जे तिमीहरूले देख्‍यौ र सुन्‍यौ, गएर यूहन्‍नालाई भनिदेओ, अर्थात्‌ अन्‍धाहरूले दृष्‍टि पाउँछन्, लङ्गड़ाहरू हिँड्‌छन्, कुष्‍ठरोगीहरू निको हुन्‍छन्, बहिराहरू सुन्‍छन्, मृतकहरू जीवित भई उठ्‌छन्, गरीबहरूलाई सुसमाचार सुनाइन्‍छ।  23त्‍यो धन्‍य हो, जसले ममा बाधाको कारण पाउँदैन।”
24यूहन्‍नाले पठाएका चेलाहरू फर्केपछि, उहाँले यूहन्‍नाको बारेमा भीड़लाई भन्‍न लाग्‍नुभयो: “तिमीहरू उजाड-स्‍थानमा के हेर्न गयौ? के बतासले हल्‍लाइराखेको निगालोलाई? 25तब तिमीहरू के हेर्न निस्‍क्‍यौ? के असल वस्‍त्र पहिरिएको मानिसलाई हेर्न? हेर, चमकदार वस्‍त्र पहिरिने र विलासितामा बस्‍नेहरू त राजदरबारहरूमा हुन्‍छन्‌। 26तर तिमीहरू के हेर्न निस्‍क्‍यौ? के अगमवक्तालाई? हो, म भन्‍दछु, तिमीहरूले अगमवक्ताभन्‍दा पनि श्रेष्‍ठलाई देख्‍यौ। 27यी तिनै हुन्, जसका विषयमा लेखिएको छ, 
‘हेर, म मेरो दूतलाई तिम्रो अगिअगि पठाउँछु,
जसले तिम्रो अगि तिम्रो मार्ग तयार गर्नेछ।’
28 म तिमीहरूलाई भन्‍दछु, ‘स्‍त्रीहरूबाट जन्‍मेकामध्‍ये यूहन्‍नाभन्‍दा महान्‌ कोही छैन, तापनि जो परमेश्‍वरको राज्‍यमा सानोभन्‍दा सानो छ, त्‍यो तिनीभन्‍दा अझ महान्‌ हुन्‍छ’।”