वचनमा जरा गाडिऔं Let's be rooted in God's word || Devotion in Nepali

फलदायी जीवनको लागि वचनमा जरा गाडिऔं


चाहना र इच्छाहरू आफैमा हानिकारक हुँदैनन् । हाम्रा इच्छा चाहनाहरू पनि हामी परमेश्वरको स्वरूपमा प्राप्त भएको भागहरू हुन्। हामीले हाम्रो चाहना तथा इच्छा हरुलाई पनि परमेश्वरको इच्छा र चाहना संग मेल गराउन सक्यौं भने जीवन फलदायी हुन्छ । परमेश्वरका वचनहरू हाम्रो हृदयमा रोप्यौं र परमेश्वरमा जरा गाडिएर रह्यौँ भने हाम्रो जीवन पनि परमेश्वरको दृष्टीमा फलदायी हुन्छ । तर हाम्रो इच्छा तथा चाहनाहरूलाई परमेश्वरको वचनद्वारा जाँचि सहि र खराब नछुट्याइकन बहकिन दियौं भनें त्यसले हाम्रो जीवनलाई आत्मिकी रूपमा जिर्ण बनाउँछ र हामी परमेश्वरको दृष्टिमा वर्थताको जीवन जीउन पुग्छौं। जीवनलाई फलदायि बनाउन परमेश्वरको वचनहरूमा जरागाडि दै जाऔं ताकि हामीले फलदायी जिवन जिउन सकेका हौं।

अध्ययन गरौं

एफिसी 4:22‭-‬24 छली लालसाहरूद्वारा भ्रष्‍ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्‍बन्‍धित तिमीहरूको पुरानो स्‍वभाव त्‍याग। र आफ्‍नो भित्री वर्तावमा नयाँ होओ, र परमेश्‍वरको स्‍वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्‍टि भएको नयाँ स्‍वभावलाई धारण गर।

कलस्सी 2:6‭-‬7 यसकारण जसरी ख्रीष्‍टलाई तिमीहरूले ग्रहण गर्‍यौ, त्‍यसरी नै उहाँमा जीवन बिताओ। धन्‍यवाद दिनमा प्रशस्‍त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्‍वासमा दह्रिला भएका होओ।

एफिसी 3:16‭-‬19 म प्रार्थना गर्छु, कि उहाँका महिमाको सम्‍पत्तिअनुसारको शक्तिले उहाँका आत्‍माद्वारा भित्री मनुष्‍यत्‍वमा तिमीहरूलाई शक्तिशाली पारून्, र विश्‍वासद्वारा ख्रीष्‍ट तिमीहरूका हृदयमा वास गरून्, र प्रेममा जरा गाडिएका र दह्रिला भएर, सबै सन्‍तहरूसँग चौडाइ, लमाइ, उचाइ र गहिराइ के रहेछ सो बुझ्‍ने शक्ति प्राप्‍त गर्न सक, र ज्ञानलाई माथ गर्ने ख्रीष्‍टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्‍वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण होओ।

मनन गरौं

परमेश्वरको चाहना अनुसारको फल फलाउन तपाई हामीले परमेश्वरको वचनमा कतिको डुबेका छौँ?

हाम्रो जिवनका चाहना तथा इच्छाहरु के परमेश्वरको वचनको प्रेरणा बाट निस्केका छन् या यी सबै हाम्रै शारीरिक चाहनाहरू हुन्?

हाम्रो चाहनालाई परमेश्वरको चाहना स्वरूपमा बदल्न हामीले ग्रहण गर्नुपर्ने र त्याग गर्नुपने कुराहरू के के हुन् ?

प्रार्थना गरौं

प्रभु मलाई मेरा इच्छा र चाहनाहरू तपाईबाट आएका हुन् या होइन सो पहिचान गर्न सहायता गर्नुहोस् । मलाई तपाई कै वचन मा जरा गाडिएर हुर्किन सहायता गर्नुहोस् ताकि तपाइका इच्छा तथा चाहना हरुलाई आफ्नो बनाउन सकेको हुँ ।