उचित निर्णयको लागि सही समयको पहिचान गरौं Let's know the time || Devotion in Nepali

 उचित निर्णयको लागि सही समयको पहिचान गरौं Let's know the time

जसरी खेती बालिको उत्पादन मोसम अनुसार हुन्छ । सहि मौसम मा नै यथेष्ट फल हरु प्राप्त हुन्छन । हामीले बर्खे बालि हिउदमा खेति गरेर हुँदेन । रोप्ने समय छ स्याहार सुसार गर्ने समय र कटनि गर्ने समय समेत मिलाएर गरेको खेतिले प्रशस्त उत्पादन दिन्छ । हाम्रो जीवनलाई फलदायि बनाउन पनि सहि समयको पहिचान गर्नु त्यति नै महत्वपूर्ण हुन्छ । हाम्रो जीवनमा पनि विभिन्न कामहरूको छुट्टा छुट्टै समयहरू परमेश्वरले तोकि दिनुभएको छ । जीवनलाई सफलता तर्फ डोर्‍याउन सहि समयको पहिचान गर्नु अति महत्वपूर्ण हुन्छ। परमेश्वरले तोकिदिनु भएको समय भन्दा बाहेक बाट हामील जीवनलाई चलाउन खोज्यौ भने सफल हुन सकिंदैन र त्यसले निरासा पैदा गर्दछ । समयलाई चिनेर सोहि अनुसार कदम चाल्यौं भनें मात्र हाम्रो जीवनले परमेश्वरको चाहना अनुसारको फलफलाउँछ । जीवनको समय पहिचान गर्न वातावरणको मौसम जाने जस्तै सजिलो भनें हुँदैन । हामीले यो पनि बुझ्नु पर्छ कि परमेश्वरको समय हामीले जानेर बुझे अनुसार फरक हुन्छ। हामीले हाम्रो इच्छामा परमेश्वरलाई चलाउने होइन तर परमेश्वरको समयमा आफूलाई चलाउने हो। पवित्र आत्मा परमेश्वरको सहायतामा नै हामीले समय के को लागि हो थाहा गर्न सक्छौं । हामी सवैले यसरी नै समयको पहिचान गरेर परमप्रभुमा अघि बढेका हौं ।

अध्ययन गरौं

उपदेशक 3:1‭-‬4 सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ: जन्‍मने एउटा समय छ, र मर्ने एउटा समय। रोप्‍ने एउटा समय छ, र उखेल्‍ने एउटा समय। मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय। भत्‍काउने एउटा समय छ, र बनाउने एउटा समय। रुने एउटा समय छ, र हाँस्‍ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्‍ने एउटा समय।‬

रोमी 13:11‭-‬12 यसबाहेक यो वर्तमान समय कस्‍तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्‍यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्‍वास गरेको भन्‍दा अहिले हाम्रो मुक्ति अझ नजिक छ। रात बितिसक्‍यो, र दिन नजिकै आइपुगेको छ। यसकारण अन्‍धकारका काम छोड़ेर हामी ज्‍योतिका हातहतियार धारण गरौं।‬

२ पत्रुस 3:8‭, ‬10 तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्‍ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्‍छ। तर प्रभुको दिन त चोरजस्‍तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्‍लिनेछन्, र पृथ्‍वी र त्‍यसमा भएका सबै थोक भस्‍म हुनेछन्‌।‬

मनन गरौं

आज यस घडिमा परमेश्वरले म बाट के चाहनु भएको छ ? यो परमेश्वरको योजना अनुसार के गर्ने समय हो ?

कतै मेरो जीवनबाट परमेश्वरलाई आफ्नो समय अनुसार चलाउने प्रयत्न त गरेको छैन ?

परमेश्वरको अप्रत्यासित समयर योजनाको लागि मे तयार छु ?

प्रार्थना गरौं

प्रभु मेरो जीवनमा तपाईले राखि दिनुभएको समयको सहि पहिचान गर्न र सोहि समय अनुसार चल्न सहायता गर्नुहोस्। आजको दिनमा तपाईले राख्नु भएको योजनाहरू ममा पुरा भएका हुन् ।