आत्मिकी खुराक Spiritual Diet || Devotion in Nepali

 आत्मिकी खुराक Spiritual Diet


मानिसलाई शरीरिक रूपमा स्वस्थ्य उचित पोषणको आवश्यकता। उचित र पर्याप्त पोषणले नै मानिसलाई शरीरिक रूपमा बलियो राख्दछ र उ सबै चुनौतिहरूको सामना गर्न सक्क्षम हुन्छ । शारीरिक रुपमा अस्वस्थ्य मानिसले धेरै कामहरू सम्भावना कम हुन्छ । शारीरिक आवश्यकता जस्तै आत्मिक रुपमा स्वस्थ्य रहेको मानिसले नै धेरै आत्मिकी फलहरू फलाउन सक्छ र मानिस आत्मिकी खुराक पर्याप्त ग्रहण गरेको अवस्थामा मात्र परमेश्वरको योग्यको फल फलाउन सक्छ। मानिसको आत्मिकी खुराकहरू संसार का थोकहरूमा खोजेर पाइदैन। परमेश्वरले मात्र हामीलाई उचित आत्मिकी खुराक प्रदान गर्न सक्नुहुन्छ। परमेश्वरसंग राम्रो संग नजोडिइ हामीले आत्मिकी फल फलाउन सक्दैनौं । परमेश्वर संग जोडिनु भनेको एक पटक परमेश्वरलाई ग्रहण गर्नु, स्विकार गर्नु तथा सहमत हुनु मात्र होइन । परमेश्वरसँग जोडिनु भनेको हरेक समय उहाँमा जरा गाडिएर उहाँ बाट प्राप्त पोषण को बल र तागतमा जीवनक चुनौतिहरू जित्दै अघि बढ्नुहो। निरन्तर परमेश्वरमा जोडिइरहनु हाम्रो आत्मिकी जीवनको अस्तित्व को लागि नभइ नहुने कुरा हो।

अध्ययन गरौं

यर्मिया 2:13 “मेरा प्रजाले दुई वटा पाप गरेका छन्‌: मलाई, जिउँदो पानीको मूललाई, तिनीहरूले त्‍यागेका छन्, र पानी नरहने फुटेका कुण्‍डहरू आफ्‍ना निम्‍ति खनेका छन्‌।

हिब्रू 4:16 यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्‍त गर्न सकौं।

१ यूहन्‍ना 4:13‭-‬17 उहाँले हामीलाई आफ्‍ना आत्‍माबाट दिनुभएको हुनाले हामी यो जान्‍दछौं कि हामी उहाँमा रहन्‍छौं र उहाँ हामीमा रहनुहुन्‍छ। हामीले देखेका छौं, र गवाही दिन्‍छौं, कि पिताले आफ्‍ना पुत्रलाई संसारका मुक्तिदाताको रूपमा पठाउनुभएको छ। जसले येशूलाई परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी स्‍वीकार गर्छ, उसमा परमेश्‍वर वास गर्नुहुन्‍छ, र उचाहिँ परमेश्‍वरमा। यसरी हामीप्रति भएको परमेश्‍वरको प्रेम हामी जान्‍दछौं र विश्‍वास गर्छौं। परमेश्‍वर प्रेम हुनुहुन्‍छ, र जो प्रेममा रहन्‍छ त्‍यो परमेश्‍वरमा रहन्‍छ, र परमेश्‍वर उसमा रहनुहुन्‍छ। न्‍यायको दिनको निम्‍ति हामी पूर्ण भरोसासाथ बस्‍न सकौं भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्‍छ। किनकि उहाँ जस्‍तो हुनुहुन्‍छ हामी पनि यस संसारमा त्‍यस्‍तै छौं।

१ पत्रुस 2:2 नयाँ जन्‍मेका बालकहरूजस्‍तै शुद्ध आत्‍मिक दूधको तृष्‍णा गर, र त्‍यसबाट तिमीहरू आफ्‍नो मुक्तिमा बढ्‌दैजान सक्‍नेछौ।


मनन गरौं

हामीले परमेश्वरलाई स्विकार गरेका त छौं तर के निरन्तर उहाँमा जोडिएर जीवन जीउन सफल भएको छौं?

परमेश्वर संग जोडिएर हाम्रो जीवनको लागि उहाँबाट कस्तो कस्तो पोषणहरू प्राप्त गर्न सकेका छौं?

जीवनको अन्त्य सम्म नै विश्वासलाई थामि राखनको निम्ती आतिमकी स्वस्थता हामी मा छ ?

प्रार्थना गरौं

प्रभु हामीलाई निरन्तर तपाइमा जरा गाडिएर जीवनलाई चाहिने आत्मिकी पोषण प्राप्त गर्न सक्षम बनाउनुहोस् । तपाइमा रहेर सधै आत्मिकी फल फलाउन सक्ने स्वस्थ विश्वासी बन्न सहायता गर्नुहोस् ।