परमेश्वरको ज्ञानमा बढ्दै जाऔं Grow in the knowledge of God || Devotion in Nepali

परमेश्वरको ज्ञानमा बढ्दै जाऔं Grow in the knowledge of God



आत्मिकी जीवनको सुरुवातलाई नयाँ जन्म भनिन्छ र यसरी सुरु भएको जीवन पनि शारीरिक जीवन सरी नै आत्मामा बढ्दै र हुर्केको हुनु पर्दछ। आतिमकी जीवनमा स्वस्थ्य रुपमा हुर्कि नसकेको जीवनबाट आत्मिकी फलहरू फल्दैनन् र त्यस्तो जीवन बाट परमेश्वरको योजना अनुसार प्रभावकारी जीवन जीउन सक्दैन । मानिस परमेश्वरको ज्ञानमा बढ्दै र हुर्किदै परिपक्क भएको अवस्थामा विभिन्न परिक्षाहरुको सामना गर्नसक्ने हुन्छ। परमेश्वरको नजर मा के सहि र के गलत छुट्याउन सक्ने हुन्छ । यसरी मानिसले आफ्नो जीवनलाई परमेश्वरको बाटो भन्दा बाहिर जानबाट रोक्न सक्छ । परमेश्वरको ज्ञानमा बढ्नु भनेको हाम्रो जीवन मा परमेश्वरले राख्नु भएको योजनालाई पहिचान गर्न सक्नु र त्यसबाट आफूलाई विच्चलीत हुनबाट रोक्न सक्ने हुनु हो। यो ज्ञान दिमागी पढाई मात्र नभई जीवनको मार्ग दर्शन प्राप्ति हो। हामीले परमेश्वरलाई चिन्नु भनेको परमेश्वरको दृष्टिकोणमा आफ्नो जीवनलाई बुझ्नु हो। हामी सवै जसले ख्रिष्टमा नयाँ जीवन सुरु गरेका छौं परमेश्वरको ज्ञानमा बढ्न सकेका हौं जीवनलाई फलदायी बनाउन सकेका हौं।

अध्ययन गरौं

फिलिप्पी 1:9‭-‬10 मेरो प्रार्थना यही छ, कि ज्ञान र अन्‍तर्दृष्‍टिमा तिमीहरूको प्रेम झन्‌-झन्‌ प्रशस्‍त हुँदैजाओस्, यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक, र ख्रीष्‍टको दिनको निम्‍ति शुद्ध र दोषरहित रहन सक।

१ पत्रुस 2:2 नयाँ जन्‍मेका बालकहरूजस्‍तै शुद्ध आत्‍मिक दूधको तृष्‍णा गर, र त्‍यसबाट तिमीहरू आफ्‍नो मुक्तिमा बढ्‌दैजान सक्‍नेछौ।

रोमी 12:2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

याकूब 1:5 तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ।

मनन गरौं

के हामी हाम्रो आत्मिक जीवनमा बढेर परिपक्क हुँदै स्वभिमान एका छौ या हाम्रो जीवन आज पनि सुरुमा विश्वासी हुदा जस्तो आत्मिकी ज्ञानको लागि अरुमा भर परिरहेका छौं ?

के परमेश्वरले हामीबाट चाहनुभएको कुराहरू पहिचान गर्न सक्ने भएका छौ?

के आफ्नो ज्ञान वृद्धि को लागि परमेश्वरमा चाहना राखेका वा सहायता मागेका छौं ?

प्रार्थना गरौं

प्रभु मलाई आत्मिक ज्ञानमा बढ्न सहायता गर्नुहोस्। मैले तपाइको योजनाहरू पहिचान गर्न र सो अनुसार चल्न सक्ने बनाउनुहोस् ।