अभिलाषाहरू पहिचान गरौं Recognize your Desires || Devotion in Nepali

 अभिलाषाहरू पहिचान गरौं Recognize your Desires



हामी मानिसले आफूलाई जति नै परिवर्तन को बाटोमा लैजान खोजे पनि हामी भित्र कहिँ कतै हाम्रो कम्जोरी, चाहना तथा अभिलाषाहरुले प्रभाव पारिरहेको छ कि भनि सचेत हुनु आवश्यक छ। त्यसैले कसैले पनि आफु व्यक्ति गतरूपमा असल बलियो छु भनि घमण्ड गर्न थाहा आफै मा ढुक्क हुन भन्दा कतै हामी भित्रको अभिलाषलाले ठाउ लिएर हामी बाट परमेश्वरको चाहना तथा योजना विपरित को बाटोता लगिरहेको त छैन भनेर जान्नु आवश्यक हुन्छ। परमेश्वर को दृष्टिमा सफल हुने मानिसले आफ्नो क्षमता तथा गुणमा रमाउने मात्र होइन तर आफुमा भएको कम्जोरी तथा त्यसले पार्न सक्ने प्रभावमा सचेत भई जिउन सक्नु पर्छ। यसरी हामीले आफैलाई परमेश्वरको विरुद्ध जान देखी बचाउन सक्छौं। हाम्रा कम्जोरीहरू भा ध्यान नदिएको अवस्थामा हामीले थाहै नपाई परमेश्वर लाई मन नपर्ने कुराहरू आफ्नो जीवनबाट देखाई रहेका हुन्छौं। आफ्नो हृदय वहकिएको आफैलाई थाहा नहुन सक्छ, त्यसैले परमेश्वरको सहायतामा नै हामीले आफ्नो हृदयलाई सुरक्षित राख्न सक्छौं ।

अध्ययन गरौं

याकूब 4:1 तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्‍याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन्‌ र?

याकूब 1:14‭-‬15 तर हरेक मानिस आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा पर्दछ। तब खराब इच्‍छाले गर्भधारण गरेपछि त्‍यसले पाप जन्‍माउँछ। अनि पाप पूरै बढ़ेपछि त्‍यसले मृत्‍यु ल्‍याउँछ।

हितोपदेश 4:23 सबै कुराभन्‍दा बढी, आफ्‍नो हृदयलाई सुरक्षित राख्, किनभने त्‍यो सारा जीवनको मूल हो।

फिलिप्पी 4:6‭-‬7 कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्, र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।

मनन गरौं

कतै हाम्रो चाहना , तथा शारीरिक अभिलाषा द्वारा डोर्‍याइएको जीवन जिइ रहेका त छैनौं ?

हाम्रो आफ्नो कम्जोरीहरु के के होलान ? हामीले आफ्ना यि कमजोरीहरूलाई कसरी नियन्त्रणमा राख्न सक्छौं होला ?

आफना कम्जोरीहरूलाई वसमा राख्न परमेश्वरको अगुवाईमा हिंडेका छौं ?

 प्रार्थना गरौं

प्रभु मेरो जीवनका कम्जोरीहरुलाई थाहा गर्दै सचेत भएर तपाइकै योजना र इच्छामा रहन सहायता गर्नुहोस् । मेरो हृदयलाई तपाइको आत्माले रक्षा गर्नुहोस ताकि यसले तपाइको इच्छा र योजना विरुद्धको बाटोमा मलाई नलगेको होस् ।