प्रस्‍थान 14:13-14- Inspiration || Devotion in Nepali


 'मोशाले इस्राएलीहरूलाई भने, “तिमीहरू नडराओ, स्‍थिर होओ, र परमप्रभुले आज तिमीहरूलाई दिनुहुने छुटकारा हेर। यी मिश्रीहरू जसलाई तिमीहरूले आज देखेका छौ, उनीहरूलाई तिमीहरू फेरि कहिल्‍यै देख्‍नेछैनौ। परमप्रभु नै तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ। तिमीहरू केवल स्‍थिर बस। '

प्रस्‍थान 14:13-14

धेरै पटक हाम्रो जीवन आफै स्वचालित भएको जस्तो महसुस हुन्छ र हामीलाई परमेश्वरको खाँचो पर्दैन जस्तो लाग्छ। तर जीवन जब चुनौतीको घडीहरूमा आइ पुग्छ हामीले आफ्नो जीवनमा परमेश्वर द्वारा चमत्कार भएको चाहना र अपेक्षा गर्छौं। साँच्चै नै भन्नु पर्दा हामीले महसुस नगरे पनि परमेश्वरले आफ्नो मानिसहरूको जीवनमा काम गर्न चाहनुहुन्छ र गरिरहनु भएको हुन्छ। हामीले यसलाई थाहा नपाएको र यसको गवाही हुन नसकेको मात्र हो। वास्तवमा परमेश्वरले हामी सबैको जीवनमा विशेष काम गरेर हामीलाई आफ्नो साथ र सहायताको निश्चयता दिन चाहनुहुन्छ। परमेश्वरको कामलाई हेर्न हामीमा उहाँ प्रतिको विश्वास र उहाँको समयको लागि धैर्यता चाहिन्छ। परमेश्वरले आफ्नो समयमा आफ्नो तरिकाले कामहरू गर्नुहुन्छ। हामी परमेश्वरमा विश्वास राखि उहाँको समयको धैर्यता गरौं, परमेश्वरले अचम्म तरीकाले हामीलाई छुटकारा दिनुहुनेछ।